मेचीनगर । 

मेची उद्योग वाणिज्य संघको १९ औं वार्षिक साधारणसभामा राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता अम्बिका भण्डारी मेची उद्योग बाणिज्य संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट सम्मानित भएकी छिन् । 

धुलाबारीमा बुधवार (आज) आयोजित कार्यक्रममा पत्रकार भण्डारीलाई नगद २१ हजार रुपैयाँको राशी र सम्मान पत्रले पुरस्कृत गरिएको हो । 

यसैगरी, उत्कृष्ट कर्मचारीको रुपमा संघका एम्बुलेन्स चालक मिनबहादुर खड्का (कुमार)लाई नगद १५ हजार रुपैयाँसहित सम्मान पत्रले पुरस्कृत गरिएको छ ।

राससको झापा कार्यालय प्रमुखको समेत जिम्मेवारी सम्हालेकी भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । साधारणसभाको उद्घाटन कोशी उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले गरेका थिए ।