बिर्तामोड । 

नेपालकै नम्बर १ सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सहकारीहरुको प्रेरणाको स्रोत भएको आध्यमिक गुरु तथा दार्शनिक डा. योगी बिकासानन्दले बताएका छन् । 

साकोसको २९ औं स्थापनाका दिवसको अवसरमा बिर्तामोडमा आयोजित कार्यक्रममा आफ्नो प्रवचन अघि डा.योगीले  स्थापनाको शुभकामना दिदै सहारा नेपाल सहकारीहरुको विश्व बिद्यालय भएको बताएका थिए । उनले सहाराले गर्ने कार्य, तौरतरिका तथा ब्यवस्थापन सवै सहकारीले अवलम्वन गर्नु पर्नेमा जोड दिए । 

साकोसले यस बर्ष सामाजिक कार्यसहित बिविध कार्यक्रम गरेर २९ औं स्थापना दिवस मनाउँदै छ ।  झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको साकोसले बुधवार (आज) २९ औं स्थापना दिवसमा आध्यमिक गुरु तथा दार्शनिक डा. योगी बिकासानन्दका साथमा जीवन बदल्ने प्रवचन कार्यक्रम गरेको हो । 

sahara nepal 22

साकोसले बिर्तामोडस्थित सिटी सेन्टरमा जीवन बदल्ने प्रवचन र ऐतिहासिक फोटो प्रदर्शनीलगायतका बिविध कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । 

त्यस्तै चैत २२ र २३ गते युवा लक्षित कार्यक्रम अन्तरगत सुपर लर्निङ, चैत २४ गते तनाव ब्यवस्थापनलगायतका कार्यक्रम आयोजना गरेको साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिए । 

साकोसका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आज भएको उद्घाटन कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री तथा प्रतिनिधि सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थाको प्रतिवेदन प्रस्तुत साथै बस्तुस्थिति र आगामी कार्ययोजनाका बिषयमा जानकारी प्रमुख कार्यकारी अधिकृत गिरीले प्रष्ट पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि सिंह, नेपाली काग्रेस झापा सभापति देउकुमार थेवे, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य झलकसिंह दर्लामी (सन्देश), राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । 

कार्यक्रममा साकोसका सदस्य, कर्मचारी, स्थानीय संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।