चकचकी । 

नारी संचार गृह झापाको आयोजना र बाह्रदशी  गाउँपालिकाको आर्थिक सहयोगमा बाह्रदशी गाउँपालिकामा हिजो देखि शुरू भएको ू सकरात्मक सोचको विकासमा प्रभावू बिषयक दुई दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

समापनमा कार्यक्रममा आफ्ना धारणा राख्दै सहभागीहरूले  यस तालिमले आफ्नो सोच र विचारमा  सकरात्मक परिवर्तन भएको , यस खालका कार्यक्रमले समाज परिवर्तनमा ठूलो भूमिका रहने भन्दै आउँदा दिनमा पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको  बताए ।

बाह्रदशी गाउँपालिकाको सभा हलमा संचालन भएको दुई दिवसीय अन्तरक्रियात्मक कार्यक्रममा गाउँपालिकाका  ७ वटै वडाबाट ४० जना बढीको सहभागिता रहेको  थियो भने कार्यक्रमको सहजीकरण बरिष्ठ पत्रकार लेखक , नेपाली मौलिक खानाको परिकारका खोजकर्ता केदार शर्माले गरेका थिए।

नारी संचार गृह झापाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षता र  बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्ता शिवाकोटी खरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा

नारी संचार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल ,सहभागीका तर्फबाट चन्द्र राजवंशी , सुनिता सापकोटा खतिवडा र कृष्णकली राजवंशीले मन्तव्य राखेका थिए। संचार गृहकी कार्य समिति सदस्य  सञ्जु शिवाकोटीले स्वागत गरेकी कार्यक्रमको संचालन सचिव माया मितु गरेकी थिइन् ।