झापा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ८ चारपाने घाग्रापुलस्थित लोकमार्गको दक्षिण किनारमा ४५० केजी बेवारिसे अवस्थामा माछा फेला परेको छ । 

रहु, सिलिङ तथा पमप्लेट जातको उक्त बेवारिसे माछा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले फेला पारी नष्ट गरेको हो । 

प्रहरीले आइतवार फेला पारेको उक्त माछा जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर कम्पाउण्ड भित्र स्थानिय जनप्रतिनिधी, क्वारेन्टाईनका कर्मचारीहरु समेतको रोहवरमा खाल्डो खनेर पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।