झापा ।  

झापाबाट भन्सार छलेर नेपाल तर्फ ल्याइदै गरेको ३ लाख ७० हजार २०० रुपैयाँ बराबरको बिभिन्न सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।  

मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित एरिया हुदैं भारतदेखि नेपालतर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको सामान आइतवार साँझ नियन्त्रणमा लिइएको हो । 

प्रहरीले भाडा बर्तन २० हजार,  टेन्टको कपडा, झल्लर २ लाख ३५ हजार २०० र प्लाष्टिकको फुल १५ हजार रुपैयाँ मूल्य बराबरको पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले ती सामाग्री फेला पारी नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।