सुरुङ्गा । 

नेपालमै पहिलो पटक झापाको कनकाई नगरपालिकाले ‘कता हो ?’ सार्वजनिक गरेको छ । कनकाई नगरपालिकाले देशमै पहिलो पटक ‘कता हो’ भन्ने एप्स अभियान शुरु गरेको दाबी गरेको छ । नगरले उक्त एप्लिकेशनलाई नगरमा अभियानकै रुपमा सञ्चालन गर्ने जनाएको छ । 

कुनैपनि ब्यक्तिको ठेगाना पत्ता लगाउने ‘कता हो ?’ एप्सको मुख्य उदेश्य भएको नगरका सूचना प्रबिधि अधिकृत खगेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार एप्लिकेशन प्रयोग गर्दा जो कोही ब्यक्तिले उक्त एप्स डाउनलोड गरेर आफै साइन इन र स्न्टल गर्न सक्ने उनले बताए । सूचना प्रबिधि अधिकृत मिश्रका अनुसार एप्स डाउनलोड गरेर आफ्नो घरको ठेगाना आफै बनाउन सकिने र चाहिएमा आफै प्रिन्ट गरेर राख्न सकिनेछ । 

कता हो एप्लिकेशन निःशुल्क भएको बताउँदै उनले प्रिन्ट गर्दा शुल्क लाग्ने बताए । हाल कनकाई–७ मा नगरले प्रिन्ट गरेर बितरण गर्दै गरेको उनको भनाई छ ।  प्रिन्ट गर्दा नम्बर प्लेटको मूल्य ५०० रुपैयाँ पर्न आउने उनले बताए । 

 ‘कता हो ?’ भन्ने एप्लिकेशन प्रयोगबाट घरको ठेगाना मात्र नभएर आगामी दिनमा बिपद् ब्यवस्थापनमासमेत प्रयोग गर्न सकिने सूचना प्रबिधि अधिकृत मिश्रले बताए । कुनैपनि आपतबिपतमा प्रहरी, प्रशासन, दमकल, एम्बुलेन्स जस्ता अतिआवश्यक सेवालगायतलाई खवर गर्न समेत सकिने उनले जानकारी दिए । नम्बर प्लेटलाई निःशुल्क बितरण गर्दा त्यसको हिफाजत नहुने भएकाले प्रत्येक घरधुरीबाट १०० रुपैयाँ शुल्क लिने नगरले निर्णय गरेको उनले बताएका छन् । 

कता हो ? एप्लिकेशन प्रयोगबाट धेरै फाइदा हुने बताउँदै सूचना प्रबिधि अधिकृत मिश्रले आगामी दिनमा बिपदु ब्यवस्थापनमा समेत मद्दत मिल्ने बताए । उनका अनुसार सो एप्सको प्रयोगबाट कुनैपनि आपत बिपतमा प्रहरी प्रशासन, एम्बुलेन्स, दमकल जस्ता अतिआवश्यक सेवालाई समेत खवर गर्न सकिनेछ ।