सुरुङ्गा । 

कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष पत्रकार रामप्रसाद निरौलालाई मातृशोक परेको छ । कनकाई खबर अनलाइन पत्रिकाका सम्पादकसमेत रहेका निरौलाकी माता हेमकला निरौलाको शनिवार (आज) विहान साढे ९ बजेतिर कनकाई वडा नं. ७ स्थित निजी निवासमा ७० वर्षको उमेरमा निधन भएको हो ।

स्व. हेमकलाको शनिबार साँझ नै पवित्र कनकाई माई आर्यघाटमा घाटमा अन्त्यष्टी गरिएको कनकाई बिहानी क्लबका अध्यक्ष तथा प्रेस क्लबका सचिव मनोज बस्नेतले जानकारी दिए । स्व. हेमकला मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्बर बरालकी सासुआमा पनि हुन् ।  

स्व. हेमकलाका श्रीमान टिकाराम निरौला,  छोरा बुहारी  रामप्रसाद + शान्ता निरौला छन् । त्यस्तै छोरी ज्वाइहरु इन्दु + भरत अधिकारी, गोमा + तारानिधि दवाडी, लक्ष्मी  + राम कट्टेल, नर्वदा + डम्बर बराल, कल्पना + भिम भण्डारी, इन्दिरा + दुर्गा पोखरेल र गीता + दामोदर भट्टराई रहेका छन् । 

त्यस्तै नाति  ६, नातिनी ८ जना र पनातिनाती २ जना रहेका पारिवारिक स्रोतले जनाएको छ ।