काँकरभिट्टा । 

होटल ब्यवसायी देबीभक्त श्रेष्ठले अदालतको पटक–पटकको आदेशलाई घरधनीले अपहेलना गर्दा आफु मारमा परेको बताएका छन् । श्रेष्ठले बिहीवार (आज) मेचीनगरस्थित प्रेस क्लबको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफुबाट जानेर  कुनै कमी कमजोरी नभएको र भएको भए त्यसको भागीदारसमेत बन्ने बताउँदै कानुनी निकाय अदालतको आदेश घरधनीले नमान्दा आफुमाथि अन्याय भएको बताएका हुन् । 

उनले २०७६ सालमा १५ बर्षका लागि घरधनीसँग सम्झौता गरेर करिब २ करोड रुपैयाँ खर्च गरेर काँकडभिट्टामा हिकोला हेरिटेज होटल बिर्तामोडको शाखा सञ्चालन गरेको बताए । होटल सञ्चालक श्रेष्ठले सम्मानीय अदालतको आदेश कार्यन्वयन हुनेमा आशाबादी रहेकाले सरोकार निकायसहित सम्बन्धीत सवैमा समन्वयको भुमिका निर्वाह गरिदिन आग्रहसमेत गरेका छन् । 

श्रेष्ठका अनुसार बिराटनगर उच्च अदालत इलाम इजलासले पहिलो पटक गत फागुन ६ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि फागुन १३ गते अन्तरिम आदेश, तेस्रो पटक चैत ८ गते लिखित जवाफ र चौथो पटक चैत १२ गते अदालतको अपहेलना गरेको भन्दै ७ दिन भित्र घरधनीलाई लिखित जवाफ माग गरेको  छ । 

गत माघ २५ गते काँकडभिट्टामा श्रेष्ठले सञ्चालन गरेको हिकोला हेरिटेज होटलमा श्रेष्ठका छोरा गौरव श्रेष्ठमाथि स्थानीय केहि युवाहरुको हुलहुज्जतले गर्दा  बादबिवाद भएको थियो । साथै सोही बिषयमा श्रेष्ठका छोरा गौरवमाथि स्थानीय केही युवाको हुलहुज्जतले माघ २८ गते पुनः होटलमा कुटपिट गरेपछि बादबिवाद भएपछि अहिलेसम्म श्रेष्ठले होटल सञ्चालन गर्ने बातावरण बनेको छैन ।

सोही बादबिवादका कारण श्रेष्ठले काँकरभिट्टामा सञ्चालन गर्दै आएको होटल हिकोला हेरिटेज हाल घरधनी बिष्णुमाया श्रेष्ठ (दाहाल) नामको अगाडी नयाँ लेखेर सञ्चालन गर्दै आएको श्रेष्ठले बताएका छन् ।   सञ्चालक श्रेष्ठले सम्झौता अनुसार १२ वर्ष अझै होटल सञ्चालन गर्न पाउने दावी गरेका छन् ।