झापा । 

झापामा नहरको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । सोमवार (आज) अन्दाजी २ः३० बजेको समयमा झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित श्रृष्टि टोल १४ बर्षिय रविन प्रधानको मृत्यु भएको हो । 

उनको कनकाई सिंचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर मृत्यू भएर  नहरले बगाएर सोही वडाको  साइफनस्थित नहरमा रहेको फलाममा अड्कीको अवस्थामा लाश फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पानीमा डुबेकोे अबस्थामा स्थानियले देखेर इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराउना साथ उक्त स्थानमा अनुसन्धान तथा कानुनी प्रकृयाको लागि झिलझिलेको प्रहरी टोली खटि गएको प्रहरीले जनाएको छ ।