झापा । 

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गएराति धरान र पाँचथरका दुई जनाको हत्या भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रहरीले जनाएको छ ।  

 राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको हो । ‘राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भएपछि घटना स्थलबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ  । 

उनीहरूको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गएराति नै १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको कारण भने यो समाचार तयार गर्दासम्म खुल्न सकेको छैन ।