बिर्तामोड । 

नेपाल स्वणकार समाज झापाले  फागु अर्थात होली मिलन कार्यक्रमको आयोजना गरेर दर्जन बढीलाई सम्मान गरेको छ । होली पर्वको पूर्व सन्ध्यामा शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा उच्च शिक्षामा अध्ययनरत जिल्लामा सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियोे । सम्मानित हुनेहरुमा नेहा साह ( धुलाबारी) श्रवणकुमार सुनार (भद्रपुर), शन्तोश साह (बिर्तामोड) र गौरी साह ( भद्रपुर) लाई सम्मान गरिएको थियोे ।

त्यसैगरी समितिमा रहेर उत्कृष्ट काम गर्ने दिननाथप्रसाद साह, प्रभु सुनार, गङ्गाप्रसाद साह (सुनार), मणि साह, गौतम साह, मदन साह र आरतीदेवी साहलाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष अनिलकुमार साहको सभापतित्वमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा औचित्यमाथी प्रकाश पार्दै सस्थापक सचिव अशोककुमार साहले सात वर्ष अघि स्थापना भएको समाजले हरेक पर्व तथा उत्सव मनाउदै आएको र पछिल्लो पीढीलाई पनि सहि सस्कार पुस्तान्तरण गर्नकै लागि होलिपर्व आयोजना गरेको स्पष्ट पारेका थिए । 

कार्यक्रममा बिर्तामोड वडा न.३ का अध्यक्ष मदन बुढाथोकी, वडा न. ४ का अध्यक्ष राहुल शर्मा, वडा न ५ का अध्यक्ष रोहित प्रसाईं, बिर्तामोड उद्योग बाणिज संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड छठ सेवा समाज महिला अध्यक्ष हेमलता चौधरी, समाजका भद्रपुर अध्यक्ष राजु साह, धुलाबारी अध्यक्ष मनिष साह, पुर्व अध्यक्ष  जयकुमार श्रार्फ, दिनेश शर्मा, जयप्रकाश साह, कृष्ण श्रार्फ, विजय श्रार्फ, असोक साह सुनसरी महासचिव उमेश सहनी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा दर्जन बढी होली विशेष नृत्य समेत प्रस्तुत गरिएको थियो । श्रवणकुमार साहले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव किसोनकुमार सहनीले गरेका थिए । होली पर्व आइतबार पहाडी जिल्लामा र सोमवार तराईका जिल्लामा मनाइँदैछ ।