बिर्तामोड । 

नेपाल अलैंची ब्यवसायी महासंघले होली मिलन कार्यक्रम गरेको छ । महासंघले शनिवार (आज) बिर्तामोडमा होली मिलन बधाई तथा सम्मान कार्याक्रम सम्पन्न गरेको हो । 

महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक तथा संरक्षक राजेन्द्र घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बरिष्ठ उपाध्यक्ष इन्द्रचन्द्र बिन्दलले गरेको कार्यक्रममा प्रमुख अतिथि घिमिरे, बिर्तामोड उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष राजु न्यौपाने, बरिष्ठ उपाध्यक्ष राजकुकार घिमिरे(राजु), चेम्बर अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण बिमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव नारायणप्रसाद चिमरियाले गरेका थिए । 

सोही कार्यक्रमकाबिच गत फागुनमा भएको बिर्तामोड उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत तथा सम्मानसमेत गरिएको थियो । कार्यक्रममा एकअर्कामा रंग दलेर शुभकामना आदानप्रदान साथै नाचगानसमेत गरिएको थियो । 

alaichi

गत फागुन १४ गते सम्पन्न संघको निर्वाचनबाट अध्यक्षमा न्यौपाने, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु),  उद्योग उपाध्यक्षमा विशाल थापा, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जन सम्पर्क उपाध्यक्षमा गोमा भट्टराई ,महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, बाणिज्य सचिबमा राजकुमार शाह,  कोषाध्यक्षमा युवराज निरौला, सह–कोषाध्यक्षमा तिलोतमा खत्री निर्वाचित भएका थिए ।

त्यसैगरी सदस्यमा अनन्तलाल महत्तो, कृष्णप्रसाद बजगाई, केदार खनाल, डिल्लीराम कोईराला, दिनेश श्रेष्ठ, रमेश घिमिरे, सत्रुघनप्रसाद गुप्ता, सुशिलाकुमारी कार्की र शुस्मा उप्रेती सुवेदी निर्वाचित भएका थिए ।