झापा।

झापाको दमक नगरपालिका वडा नम्बर२ मा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । शुक्रवार  धिमालले सोहि स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबेर घाइते भएका थिए । 

घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।