झापा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ४ पूर्व–पश्चिम राजमार्गस्थित माईपुल छेउबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–१ का २७ बषिैय छङ राई छन् । 

बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे १० प ३२७६ नम्बरको मोटरसाइकललाई गएराती ८ः४५ बवेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । 

शंका लागेर राईलाई चेकजाँच गर्ने क्रममा उनले पछाडी बोकेको कालो झोला भित्र कालो प्लाष्टिकमा   abbott 49 एम्पुल, Diazepam 49 एम्पुल, नाम नलुखेको लागूऔषध  49 एम्पुल, lupigesic -2ml लेखेको स्टीकर  ७० पिससहित उनको साथमा रहेको नगद र अन्य सामानसहित उनलाई नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । 

राईलाई नियन्त्रण गरेर इलाका प्रहरी कार्यालय सुरुङ्गा ल्याएर आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।