भोजपुर ।

भोजपुरको भोजपुर नगरपालिका–३ बाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार भोजपुर–५ का ३० बर्षीय विजय राईको को. २४ प ८३५८ नम्बरको पल्सर मोटरसाइकल आफ्नै घर छेउमा पार्किङ गरि राखेको ठाउँबाट चोरी भएको थियो । 

चोरी भएको मोटरसाइकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेवा सडक खण्डबाट उक्त मोटरसाइकलसहित चोरीमा संलग्न भारत मनिपुर स्थायी घर भई हाल जिल्ला सिरहा गोलबजार बस्दै आएका ३१ बर्षीय चन लामा भन्ने छिरिङ ग्याम्बोलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

संकेत तस्वीर