झापा । 

झापाको भद्रपुर नगरपालिका–२ मा मलामको खन्ती प्रहारबाट एक जनाको मृत्यु भएको छ । सोही स्थानका ३० बर्षिय कमानसिंह राईले सुतिरहेको अवस्थामा पुरानो रिसिविको कारण फलामको खन्तिले टाउकोमा प्रहार गर्दा सोही स्थानका ३५ बर्षिय  गंगा राईको घटना स्थलमै मृत्यु भएको हो । 

बुधवार राती ९ वजेको समयमा भद्रपुर–२  का चन्द्रवहादुर राईको छोरा गंगा राई सोही स्थानका वीरवहादुर राईको घरमा आएर सुतेका थिए । उनलाई सुतिरहेको अवस्थामा बिहीवार (आज) बिहान अन्दाजी ५ बजेको समयमा वीरवहादुर राईको छोरा कमानसिंह राईले पुरानो रिसिविको कारण फलामको खन्तिले टाउकोमा प्रहार गर्दा घटना स्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

वडाको वडाध्यक्षले ८ः१० वजे इलाका प्रहरी कार्यालय पृथ्विनगरमा जानकारी गराउना साथ प्रहरीको टोली गएर कमानसिंह राईलाई खन्तिसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरीले घटना स्थल सुुरक्षित राखिएको, थप अनुसन्धान एवंम् कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली गएको जनाइएको छ ।