झापा । 

पछिल्लो समय देशका बिभिन्न स्थानमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । आगलागीबाट लाखौंको धन सम्पत्तीसहित ज्यानसमेत गएको छ । सोही क्रममा ताप्लेजुङमा पनि मङ्गलबार भएको आगालागीबाट दुईवटा घर जलेर नष्ट भएका छन् ।

 ताप्लेजुङस्थित मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका प्रहरीले जनाएको छ ।