सोलुखुम्बु ।
सोलुखुम्बुको सोताङ गाउँपालिका–३ नागेन चौर घोपु स्थित हुङ्गा खोलामा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार (आज) बिहान साढे १० बजे घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथीबाट खसेको ढुङ्गाले किच्दा स्थानिय ४५ बर्षिय तुला बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय सोताङबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।