झापा।

झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

आइतवार बेलुका साढे ९ बजे पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको साईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाईते भएका साईकल यात्री गौरीगञ्ज–३ का ४० बर्षीय अकालु माझीको बीएण्डसी हस्पिटल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो भने अन्य घाईते मोटरसाईकलमा सवार ३५ बर्षीय खोद नारायण महतो, २६ बर्षीय रतनसिंह राजबंशी र २२ बर्षीय बिकाश महतोको उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।