बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई मेहेरमान बहुउद्देश्यीय कर्बड हलले  बधाई तथा शुभकामना दिएको छ । गत फागुन १४ गते भएको बाणिज्य संघको निर्वाचनबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई सोमवार (आज) स्वागत तथा सम्मानसहित बधाई तथा शुभकामना दिइएको हो । 

मेहेरमान बहुउद्देश्यीय कर्बड हलका अध्यक्ष दिलेन्द्र कार्कीको अध्यक्षतामा शुभकामना आदान–प्रदान गरिएको कर्बड हलका सचिव नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष मदन खड्काले जानकारी दिए । 

स्वागत कबर्ड हलका उपाध्यक्ष रबिन्द्र भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सह–कोषाध्यक्ष रामअवतार घिमिरेले गरेका थिए । कार्यक्रममा नेपाल अलैंची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, चेम्बर अफ कर्मसका अध्यक्ष ओमकृष्ण बिमली,  बाणिज्य संघका नव निर्वाचित अध्यक्ष राजु न्यौपानेले लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा जग्गादाता लालबहादुर खड्का, जयप्रकाश खड्का, प्रबिण खड्का, मदन खड्का, कृष्ण खड्का, दुर्गा खड्का, बिशाल खड्कालगायत कर्बड हलका आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो । 

खड्का परिवारले २ बिगाहा जग्गा राज्यलाई दिएको भएपनि अझैपनि  जग्गाको मालपोत जग्गादातालै नै तिर्दै गरेको बताउँदै जग्गादाता  तथा नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष मदन खड्काले आगामी दिनमा उक्त जग्गाको मालपोत नगरले तिर्न आग्रह गरेका छन् । 

गत फागुन १४ गते सम्पन्न संघको निर्वाचनबाट अध्यक्षमा न्यौपाने, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु),  उद्योग उपाध्यक्षमा विशाल थापा, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जन सम्पर्क उपाध्यक्षमा गोमा भट्टराई ,महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, बाणिज्य सचिबमा राजकुमार शाह,  कोषाध्यक्षमा युवराज निरौला, सह–कोषाध्यक्षमा तिलोतमा खत्री निर्वाचित भएका थिए ।

त्यसैगरी सदस्यमा अनन्तलाल महत्तो, कृष्णप्रसाद बजगाई, केदार खनाल, डिल्लीराम कोईराला, दिनेश श्रेष्ठ, रमेश घिमिरे, सत्रुघनप्रसाद गुप्ता, सुशिलाकुमारी कार्की र शुस्मा उप्रेती सुवेदी निर्वाचित भएका थिए ।