भोजपुर। 

भोजपुरको हतुवागढी गाउँपालिका–७ पिप्लेमा भएको आगलागीमा परी तीन जना बालबालिको मृत्यु भएको छ । शनिवार साँझ पौने ७ बजे घरमा कोही नभएको अवस्थामा अचानक गाईगोठमा आगोलागी भएको थियो ।

आगलागी हुँदा खेल्दै गरेका एका घरका दाजुभाईका तीन जना बालबालिको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सोही स्थानका केदार कार्कीको ५ वर्षिय छोरा प्रनिष कार्की, रमेश कार्कीको ७ वर्षिया छोरी  दिप्सिका कार्की र दिप्सिकाकै भाई ३ वर्षिय दिउनिस कार्की रहेका छन् ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।