मोरङ । 

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ पश्चिम बस स्टेण्डस्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

शनिवार साँझ साढे ६ बजे कानेपोखरीबाट पथरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाईकलले साइकल यात्री पथरी शनिश्चरे नगरपालिका–१० का ५० बर्षिय प्रेमबहादुर चौहानलाई ठक्कर दिई घाइते बनाएको थियो । 

घाइते चौहानलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याउना साथ डाक्टरले मृत घोषित गरेका थिए । मोटरसाइकल चालक शनिश्चरे नगरपालिका–१ का ५१ बर्षिय किरण घिमिरे समेत सामान्य घाइते भएकोले पथरी अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।