बिराटनगर।

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री बराह्रक्षेत्र नगरपालिका–६ सुनसरीका ३० बर्षीय बिजयकुमार राउतलाई लागू औषधसहित नियन्त्रण गरेको थियो । उनको साथबाट  ब्राउनसुगर  १६ ग्राम ८८ मिलिग्राम सहित पक्राउ गरेको हो । 

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट नियन्त्रित औषधी ट्रमानिल र स्पास्मो गरी जम्मा ७०८ ट्याबलेट सहित बराहक्षेत्र–४ का २१ बर्षीय गोविन्द खत्रीलाई प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

त्यसैगरी इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट झापाको अर्जुनधारा नगरपालिका–६ स्थित खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा ४ केजि ६५० ग्राम सहित ७४ बर्षीय भरोसी यादव, ३९ बर्षीय गोपाल यादव र कचनकवल–७ का २७ बर्षीय अरबिन भट्टराईलाई पक्राउ गरेको हो । लागू औषधसहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।