धनकुटा।

मोटरसाइकलमा यात्रा गर्ने क्रममा सडक छेउको रुख अचानक भाचिएर लाग्दा धनकुटा नगरपालिका–१ की ३० बर्षीया उषा तामाङको  मृत्यु भएको छ ।

चैत्र १ गते प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाईकलमा श्रीमानसँग धनकुटाबाट हिलेतर्फ जाने क्रममा धनकुटा नगरपलिका–४ सल्लेरीमा सडक छेउमा रहेको रुख अचानक भाचिएर मोटरसाईकलको पछाडी सवार रहेकी तामाङलाई लाग्दा घाइते भएकी थिइन् ।

घाइते उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।  घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।