लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को नव दुर्गा सरहे समितिको २० औं बार्षिक साधारणसभा हुने भएको छ । आगामी चैत १० गते शनिवार अर्जुनधारा–५ स्थित बिहीवारे बजारमा बिहान १०:३० बजेदेखि साधारणसभा गरिने अध्यक्ष अर्जुन रेग्मीले जानकारी दिए ।

सरहे समितिले क्षेत्राधिकार भित्र कसैको मृत्यु भएमा प्रत्येक परिवार सरहे सदस्यले एक सय रुपैयाँ सरहे रकम दिनु पर्ने नियम छ । कार्य समिति र क्षेत्र समिति गरेर १९ जनाको समिति रहेको उक्त सरहे समितिले कार्य समितिको घरमा आफन्तको मृत्यु हुँदा समवेदनासहित एक हजार रुपैयाँ प्रदान गर्दै आएको र सदस्यको मृत्यु भएमा एक हजार रुपैयाँ प्रदान गर्ने गरेको अध्यक्ष रेग्मीले बताए । 

साधारण सभामा समितिको बार्षिक प्रतिवेदन तथा आम्दानी र खर्च, गतको समिक्षा र आगामी कार्ययोजनाका बिषयमा छलफल हुने अध्यक्ष रेग्मीले बताए । समितिमा एक अध्यक्ष, एक सचिव र एक कोषाध्यक्षसहित अन्य क्षेत्र सदस्य र सदस्य गरेर १९ जनाको रहेको बताइएको छ । सरहे समुहमा २६६ घर परिवार रहेको अध्यक्ष रेग्मीले बताएका छन् ।