उदयपुर।

उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । सुनसरीको धरानबाट  भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहीवार (आज) बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका–२ का ४२ बर्षीय मानबहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की  ७० बर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्रप्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका–९ का ६८ बर्षीय पदमबहादुर थापा, हतुवागढी गाउँपालिका–५ की ३० बर्षीया रामकुमारी राई, र सुनसरीको इटहरीका ४५ बर्षीय कमल अधिकरीको घटना स्थलमा र हतुवागढी गाउँपालिका–५ का ४२ बर्षीय किसान राईको धरानको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । 

उक्त दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ बर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० बर्षीया मिनु राई, सोही स्थानकी ३६ बर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका–२ की ३२ बर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका–१ का १७ बर्षीय सुनिल परियार, सोही स्थानकी १७ बर्षीया सबिना परियार, इटहरी–१७ सुनसरीकी ३४ बर्षीया गायित्री कट्वाल, उनकै ८ बर्षकी छोरी निकिता कट्वाल र इटहरी–१७ की २९ बर्षीया रमा थापाको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।

 घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।