बिर्तामोड ।

 झापाको बाह्रदशी – ३ राजगढमा रहेको एभरेष्ट हाइपर मार्केटले बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको छ ।चार वर्षअघि राजगढमा शुरु भएको मार्केटले स्थानीयको मन जितेसँगै तेस्रो शाखाको रुपमा बिर्तामोडको विशाल बजारमा एभरेष्ट फ्रेस एण्ड फेसन  सञ्चालनमा ल्याएको हो ।

पाँच करोड रुपैयाँ लगानी गर्दै युवा व्यवसायी चान्द महमदले सबै सामग्री एकै ठाउँमा उपलब्ध गराउने गरी एभरेष्ट फ्रेस एण्ड फेसन    सञ्चालनमा ल्याएका हुन् । १८ वर्ष साउदी अरव र दुवईमा काम गरेको अनुभवलाई चानले आफ्नै स्थानीय ठाउँमा प्रयोगमा ल्याएर मार्ट सञ्चालन गरेका हुन् ।

एभरेष्ट फ्रेस एण्ड फेसनको विहीवार (आज) बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले उद्घाटन गरेकी हुन् । कार्यक्रमका मार्टमा घरायसी दैनिक उपभोग्य सम्पूर्ण सामाग्री एउटै छानामुनी पाइने सञ्चालक चान्दले बताएका छन् । उनका अनुसार मार्टमा गुणस्तरीय सामाग्री सुपथ मुल्यमा उपलब्ध हुनेछन् ।  

marth

एभरेष्ट मार्टका सञ्चालक चान्दको अध्यक्षमा भएको कार्यक्रममा स्वागत प्रेम घिमिरेले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतितिसमेत रहेकी नगर प्रमुख प्रसाईले ब्यापार ब्यवसायीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताइन् । 

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष राजु न्यौपानेले ब्यवसाय सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन आकाश क्षेत्रीले गरेका थिए ।  

सोही कार्यक्रमकाबीच मार्टले नगर प्रमुख प्रसाईको जन्मोत्सव मनाएको छ । मार्ट परिसरमा बिर्तामोड उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष न्यौपाने र मार्ट सञ्चालक चान्दले सामुहिक रुपमा केक काटेर प्रसाईको जन्मदिन मनाएका थिए ।