संखुवासभा ।

संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिनाकुमारी राईको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा शेर्पासँगै बस्दै आएकी २६ बर्षीय बिना र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद हुँदा रिसको आवेगमा शेर्पाले मृतक राईलाई जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनाको जानकारी पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका–७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ ।