बिर्तामोड । 

झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणद्वनरन राधाकृष्ण मन्दिर, सत्संग भवन र शौचालय निर्माण गरि समुदायलाई हस्तान्तरण गरेको छ । बिर्तामोड–१० तेलकानी पोखरी डिलमा शनिबार (आज) अरिदन गणको तर्फबाट राधाकृष्ण मन्दिर र सत्ससंग भवनको स्तर उन्नती साथै अन्य मर्मत सम्भार लगायत पोखरी परिसरमा सार्वजनिक दुई कोठे शौचालय समुदायलाई हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको शिघ्र प्रभाव योजना ( क्युआइपिएस) कार्यक्रम अन्तरगत प्राप्त बजेटलाई पूर्वी पृतनापति उपरथी आशबहादुर तामाङ (पि.एच,डि) को परिकल्पना श्री नं. २१ बाहिनी अड्डाको पहलमा श्री अरिदमन वणका सकलदर्जाको श्रमदान मार्फत उक्त भोतिक संरचानाहरुको स्तरउन्ती तथा निर्माण गरिएको बताईएको छ ।

सैनिक–नागरिक सम्बन्ध सुढृढ गर्न र जनमानसको आवश्यकतामा प्रत्यक्ष सहयोग गर्न संचालन भएको यस किसिमका आयोजनाबाट आम सर्वसाधरण जनतामा नेपाली सेना प्रति सकारात्मक सोच तथा सहकार्य गरि कार्य गर्ने भावनाको विकासमा थप टेवा पुर्याउने विश्वास रहेको र आगामी दिनहरुमा समेत स्थानीइहरुको आवश्यकतालाई मध्य नजर राखी हेलिप्याड निर्माण, स्कुल÷क्याम्पसको जिर्णद्वार, मन्दिर तथा ऐतिहाशिक कहत्वका स्थानहरुको मर्मत संहार जस्ता कार्यलाई निरन्तरता दिने श्री नं. २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाले बताए ।  

विशेष औपचारिक कार्यक्रम आयोजना गरेर अरिदम गणले तेलकानी पोखरी संरक्षण समितिलाई सार्वजनिक महत्वको भौतिक पूर्वाधारहरु हस्तान्तरण गरेको छ ।