भापा । 

वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र प्रकरणमा १४ म्यानपावर कम्पनीलाई सफाइ दिएको छ । 

विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा रहेको समितिले अनुसन्धानको क्रममा कुनै त्रुटि फेला नपरेपछि उनीहरूलाई सफाइ दिइएको हो ।

विभागले निलम्बन गरेका ती म्यानपावर कम्पनीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले निलम्बन फुकुवा गर्दै आवश्यक अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

 सफाइ पाउने म्यानपावरमा गुड लाइफ इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, र रोयल ओभरसिज प्रालिसहित १४ वटा रहेका छन् । विभागका महानिर्देशक डण्डुराज घिमिरेले मन्त्रालयबाट निलम्बन फुकुवाको निर्णय भएपछि विभागले पनि सफाइ दिएको जानकारी दिएका छन् ।