झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा आगामी मार्च महिनाको पहिलो हप्ता यूएईमा हुने रोजगार मेला ‘जव तथा बिजनेस फेयर’मा ५ दर्जन बढी वैदेशिक रोजगार व्यवसायीले भाग लिने भएका छन् ।

आइतबारसम्म ६० भन्दा बढी व्यवसायीले रोजगार मेलाका लागि स्टल बुकिङ गरेको रोजगार तथा बिजनेस मेलाका लागि संघले प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिक बहादुर खत्रीको संयोजत्वमा गठन गरेको मूल आयोजक समितिले जनाएको छ । 

 मेलामा भाग लिन व्यवसायीहरुले ९६ हजारको हाराहारीमा शुल्क बुझाएका छन् । यूएईको होटल मरिनामा हुने तय भएको जव फेयरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती सहभागी हुने तय भएको जनाइएको छ ।