झापा । 

झापाको मेचीनगर–१० अतिथि सदन अगाडिबाट भारतबाट भञ्सार छलेर ल्याइदै गरेको २ लाख ७२ हजार ९१० रुपैयाँको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको गस्ति टोलीले बिभिन्न सवारी साधनहरुलाई चेकजाँच उक्त सामाग्री नियन्त्रणमा लिएको हो । 

५० बोरा ज्याज एकलाख, ९ बोरा तयारी सुर्ति एक लाख ८ हजार,  ३ बोरा पत्ता सुर्ति १३ हजार ५०० र बिभिन्न किसिमको चक्लेट ५१ हजार ४१० रुपैयाँ बाराबरको शुक्रवार चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । 

भन्सार छलेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरी इलाका प्रहरी कार्यालय धुलावारी ल्याएर मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

संकेत तस्वीर