हल्दीबारी। 

हल्दीबारी गाउँपालिकाले जनताहरूको जनचासोहरूको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका तथा वडा कार्यालयहरू वाट प्रवाह हुने सेवा तथा सुविधा, विकास निर्माणको विषयमा जनताको प्रतिक्रिया सल्लाह र सुझाब लिने उदेश्यले शुक्रवार (आज) सार्वजनिक सुनवाई गरेको थियो । 

हल्दीबारी गाउँपालिकाको शिक्षाको स्थिति, खानेपानी, कृषि तथा पशु शाखाका सेवा प्रवाहका विषयमा जनगुनासो तथा सुझावहरु आएका थिए। प्रतिनिधिमूलक रूपमा कैदी मावो, संजय पौडेल, टिका राउत, गंगा प्रसाई, घनश्याम ढकाल, तारा डाँगी लगायतले सवाल राखेका थिए । 

उक्त सवालको जवाफ हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), शिक्षा शाखा प्रमुख जनककुमारी राई, ईञ्जिनियर संकल्प खनाल, पशुपन्छी शाखा प्रमुख सानुमाया श्रेष्ठलगायतले कमिकमजोरीमा आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र आम सरोकारवाला जनताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।