बिर्तामोड ।

मिजासिलो स्वभाव र सबैसंग घुलमिलन भएसंगै लोकतान्त्रिक ब्यवसायीक प्यानलबाट बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न फागुन १४ गते हुने निर्वाचनमा महासचिव पदमा आफ्नो उम्मेवारी दिएका कुशल खतिवडालाई सबै ब्यवसायी मतदाताले साथ दिएको पाइएको छ । 

यस अघि बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय मत ल्याउन सफल कुशललाई सबै राजनीतिक दलका ब्यवसायीहरुको साथ रहेको पाइएको छ ।  युवा वर्गमा लोकप्रिय रहेका कुशललाई सबै क्षेत्रका ब्यवसायीहरुले मत दिने आश्वासन दिएका छन् । 

मार्वल तथा टायल्स ब्यवसायी संघ झापाको संस्थापक अध्यक्ष समेत रहेका कुशलले ब्यवसाय भित्रको विकृति रोकन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ब्यवसायीको हक हित र अधिकारका लागि अहोरात्र खटिने  कुशललाई जिताउन सबै ब्यवसायी एक भएर लागेका छन् ।

 आफ्नो विगतका कामले नै मलाई सबै मतदाताहरुले मूल्याङ्कन गरेर यस पटक महासचिव पदमा विजयी गराउनुहुन्छ भन्नेमा म ढुक्क छु–कुशल भन्छन् । उनले ब्यवसायीका हरेक समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलभन्दा माथि उठेर काम गरेकाले यस पटक सबै दलको समर्थन आफूलाई मिल्ने विश्वास लिएका छन् ।  

आफू महासचिवमा निर्वाचित भएमा बिर्तामोडमा उद्योगी ब्यवसायीका हरेक समस्यालाई समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउदैं आफ्ना प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् । कोरोना कहरपछि हाल ब्यवसायमा छाएको मन्दिलाई नियन्त्रण गर्दै व्यपार ब्यवसाय चलायमान बनाउन आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले अठोट लिएका छन् । ब्यवसाय चलायमान भए मात्रै ब्यवसायिक क्षेत्रका सबैको उन्नति हुने भएकाले आफू महासचिवमा निर्वाचित भएमा सबै तालिका बनाएर काम गर्ने उद्घोष गरे । उनले विभिन्न बस्तुगत संगठनहरुसंगको छलफल, करको दायरा, राश्वकार्यालय, स्थानीय सरकार तथा विभिन्न सरोकारवाला निकायसंग छलफल गर्दै ब्यवसायीको हितमा काम गर्न आफू कटिबद्ध रहेको उल्लेख गरे ।

हल्लाका भरमा चुनाव नजितिने भन्दै महासचिवका उम्मेद्वार कुशलले आफूलाई हरेक ब्यवसायीले राम्रोसंग चिन्ने भएकाले मतदाताले विवेक प्रयोग गर्नेमा आफू ढुक्क रहेको दाबी गरे । ब्यवसायीका समस्यालाई लिपिबद्ध गरेर समाधानका लागि आफू दौडिन सक्ने भएकाले आफू यस पटक मतदाताले हल्लाको पछि नलागी  लोकतान्त्रिक ब्यवसायिक प्यानललाई विजयी गराउनेमा आफूहरु ढुक्क रहेको उल्लेख गरे । ब्यवसायी समस्यमा परेका समयमा चुइक्क नबोल्नेहरु निर्वाचन आएसंग बरबराउन लागेकाले त्यसलाई ब्यवसायीले विगत तीन वर्षदेखि नै ध्यान दिइरहेको बताए । समस्या परेका बेला भाग्नेहरुले ब्यवसायीमा मन र मत जित्न नसक्ने भएकाले आफूहरुले दुवै जित्नेमा कुशल ढुक्क देखिएका छन् ।

स्थानीय सरकारले अब्यवहारिक रुपमा गरेको कर वृद्धिको विषयमा नबोल्ने, अनावश्यक रुपमा राजश्व कार्यालयले दुःख दिँदा थाहा नपाए जस्तो गर्ने, स्थानीय सरकारले ब्यवसायीलाई उठिवास लगाउदा नदेखनेहरुले नै अहिले भ्रम सिर्जना गरेर आफूले नै ब्यवसायीको हितमा काम गरेको भन्दै प्रचार गरिरहेको उल्लेख गरे । उनले बिर्तामोडका ब्यवसायीले यस पटकको निर्वाचनमा लोकतान्त्रिक ब्यवसायीक प्यानललाई विजयी गराउने विश्वास ब्यक्त गरे । शिक्षामा स्नाकोत्तरसम्म अध्ययन गरेका कुशल सामाजिक सेवाका क्षेत्रमा पनि अग्रस्थानमा आउने गरेका छन् । धर्मसंस्कार र संकृति संरक्षामा समेत उनको भूमिका महत्वपूणै देखिएको छ । पं. लक्ष्मीप्रसाद खतिवडामा सुपुत्रका रुपमा जन्मिएका कुशल ब्यवसायीक कुशलताका कारण झापामा सफल ब्यवसायीको रुपमा आफुलाई चिनाउन सफल भएका छन् । उनै कुशल बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिवको उम्मेद्वार बनेका हुन् । 

२०६४ सालबाट व्यवसाय शुरु गरेका खतिवडाले मार्वल टायल्स व्यवसाय गर्दै आएका छन्  । उनी पूर्वेली युवा क्लवको संस्थापक सचिव र हाल उपाध्यक्षको भूमिकामा रहेका छन् ।  वीरता जेसीजका सदस्य हुँदै महासचिव तथा कार्यकारीणी उपाध्यक्ष समेत भएका खतिवडा लायन्स क्लव अफ बिर्तामोडका सदस्यको समेत जिम्वेवारी निर्वाह गरिसकेका छन् । 

बिर्तामोड उद्योग वाणिज्य संघको सदस्य र सचिव भएर व्यवसायीको पक्षमा काम गरिरहेका खतिवडा महासचिव पदका दर्बिला उम्मेद्वारका रुपमा चिनिएका छन् । उनले वित्तीय संस्थाको व्यवसायलाई हेर्नु पर्ने दृष्टिकोण स्थानीय सरकारले लगाएको अबैज्ञानिक कर प्रणालीलाई हटाई  वैज्ञानिक तरिकाले कर प्रणाली लागू गर्ने, बिर्तामोडमा रात्रिकालिन व्यवसाय सञ्चालनका लागि पहल गर्दै पूर्वाधार निर्माणमा आफ्नो भूमिका निर्वाह गर्ने , अब्यवस्थित रुपमा रहेको पार्किङ लाई व्यवस्थापन गर्नका लागि स्थानीय सरकारसंग पहल गर्ने, सार्वजनिक शौचालय  निर्माण गर्न स्थानीय सरकारसंग समन्वय गर्ने, उत्पादन मुखी ब्यवसायलाई प्राथमिकता दिने, देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको निजी व्यवसायलाई थप दर्बिलो बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनले निर्वाचनको समयमा हुने प्रचारवाजी भन्दा ब्यवसायीको पक्षमा काम गर्नेलाई मत दिन आग्रह समेत गरेका छन् ।