बिर्तामोड । 

उद्योग वाणिज्य संघहरु व्यापारीको अभिभावकीय संस्था हुन् । दुःख, अप्ठ्यारोमा साथ दिने वाणिज्य संघमा पछिल्लो समय विश्वास घट्दै गइरहेको छ । संस्थामा आफ्नो अनिवार्य उपस्थिति मात्रै हुनुपर्ने तर, व्यवसायीहरु प्रति जिम्मेवार नहुने क्रम बढेपछि नयाँ अनुहारहरु वाणिज्य संघ मार्फत योगदान गर्न अग्रसर भएका छन् । त्यसरी नै अग्रसर भएका छन्, बिर्तामोडका युवा व्यवसायी युवराज निरौला । बिर्तामोडका परिचित युवा व्यवसायी निरौला मोवाइल पार्टस् तथा एशोसेरिजको व्यवसायमा आवद्ध छन् । 

१६ वर्षदेखि व्यापारमा जमेका उनी बिर्तामोडका सबैखाले परिस्थितिहरु बारे जानकार छन् । व्यापारीहरुले भोग्दै आएको दुख, अप्ठ्याराहरु मसिनो गरी बुझेका निरौलासँग वाणिज्य संघको नेतृत्वमा रहेर केहि काम गर्ने अठोट छ । निर्वाचनको पूर्वसन्ध्यामा घोषणा गर्ने भन्दा पनि समस्याहरुको पहिचान गर्दै समाधानमा लाग्ने योजना छ । यहाँका सानादेखि ठुला खाले समस्याहरु, संभावनाहरु महसुस गरेका उनले समाधानको लागि बृहत योजना निर्माण गर्ने बताए । 

 यहि फागुन १४ गते हुने निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका उनी चर्चाको अग्रस्थानमा छन् । जित्नै पर्ने उम्मेदवारका रुपमा हेरिएका निरौला मोवाइल पार्टस् र एशोसेरिजमा साविक मेचीका सफल व्यवसायी मानिन्छन् । स्वदेश मै बसेर व्यवसाय क्षेत्रबाट सफलता हासिल गर्ने अठोटका साथ लागेका उनले मोवाइल व्यापारको बजारमा पछाडि फर्किनुपर्ने अवस्था छैन । जसरी व्यापार क्षेत्रमा योजनाबद्ध रुपमा लागे, त्यसैगरी व्यवसायीको पक्षमा लाग्ने उनले सुनाए । 

 व्यवसायीहरुको समस्या मसिनो ढंगबाट बुझेका कारण काम गर्न सहज हुने उनको बुझाई छ । बिर्तामोडमा व्यापारीहरुलाई सुरक्षा चुनौति छ । शान्तिपूर्ण रुपमा व्यापार गरेर गन्तव्य सम्म पुग्न सक्ने बिर्तामोडको परिकल्पना निरौलाले गरेका छन् । सबैभन्दा ठुलो समस्या भनेको व्यवसायीबीचको द्वन्द्व पनि हो । बिर्तामोडको उन्नयन र विकासका लागि सर्वप्रथम व्यवसायिक एकता मुख्य आधार हो । व्यवसायीहरुबीचको एकता बलियो बनाउने काम मेरो पहिलो प्राथमिकतामा छ । यहाँको व्यवसाय र बजारको विकास तथा प्रवद्र्धनको निमित्त पहिलो आधार भनेकै एकता हो । 

सबै विषयहरु दोस्रो कुरा हो, पहिलो त एकता नै हो । व्यवसायीबीचको एकताले मात्रै प्रगति हासिल गर्न सकिन्छ । बिर्तामोड बनाउनका वा बचाउनका लागि एकता अचि आवश्यक छ । कोषाध्यक्ष पदका उम्मेदवार निरौलाका अनुसार बजारमा अहिले उधारो ९बाँकी० का कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्था छ । त्यसको सहजीकरण गर्न संघको तर्फबाट सानो संयन्त्र नै बनाउने योजना पनि छ । रातभर होइन, सुरुवाती चरणमा ९ बजेसम्म बजार खुल्ला गरेर व्यापार गर्न सकिन्छ । 

होटल व्यवसायहरुमा शान्ति सुव्यवस्थाको प्रवन्ध मिलाउनका लागि सरोकारवाला, सुरक्षा निकायसँग रचनात्मक योजना निर्माण गर्ने सोच छ । घरधनी र व्यवसायी बीचको सम्बन्ध सुधार गर्दै व्यवसायमैत्री बनाउन समन्वकारी भूमिका निभाउने, बजारलाई सातै दिन खुल्ला गर्न व्यवसायीसँग परामर्श गरेर अघि बढ्ने योजना रहेको उनको भनाई छ । देशबाट ठुलो संख्यामा युवाहरुको पलायन भइरहेको छ । त्यसको दोष वाणिज्य संघलाई पनि जान्छ । 

युवा तथा व्यवसायीहरुलाई स्वदेश मै व्यापार व्यवसाय गर्ने वातावरण बनाउन वाणिज्य संघको भूमिका उत्तिकै प्रभावकारी हुनुपर्छ । मेरो उम्मेदवारी युवालाई स्वदेशम संभावना देखाउनलाई पनि हो । युवा जति विदेश लागेपछि यहाँ सबै क्षेत्रमा त्यसको असर पर्छ । त्यसैले युवालाई व्यवसायमा संभावना देखाउने अर्को योजना छ । सरकारी निकायबाट व्यवसायीमाथि ज्यादती छ । कतिपय बुझाई नभएको अवस्थामा त, कतिपय समन्वयको अभावले समस्याहरु आइरहेका हुन्छन् । 

त्यसको निराकरण गर्न प्रभावकारी समन्वय गर्न आफु सक्षम रहेको उनी बताउछन् । निरौला भन्छन्, सबै समस्याहरुको समाधान समन्वयबाट संभव छ । अझ, कोषाध्यक्षको लागि उम्मेदवारी दिनु भनेको पारदर्शी र जवाफदेहिताका लागि हो । कुनै पनि संस्था पारदर्शी हुदैन भने त्यो सफल हुन पनि सक्दैन । मैले नेतृत्व गरेका सबै क्षेत्र पारदर्शी बनाएको छु, उनले थपे । वाणिज्य संघलाई विशुद्ध व्यवसायीहरुको संस्था बनाएर जाने योजना बनाएका निरौलाले अतिथी सदनलाई थप सुविधा सम्पन्न बनाउने बताएका छन् । उनले वाणिज्य संघमा गैर व्यवसायीको प्रवेश भए त्यसले व्यवसायीको समस्या पहिचान गर्न नसक्ने दावी समेत गरे । 

 ०४६ साल जेठ २० गते बिर्तामोडमा जन्मिएका निरौलासँग मोवाइल एशोसिएसको अध्यक्ष, नेपाल राष्ट्रिय वाणिज्य संघको सहसचिव, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको नगर अध्यक्ष र शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको लेखा समिति संयोजकको रुपमा काम गरेको लामो अनुभव छ । व्यापार क्षेत्रको समस्या सम्बन्धित ठाउँमा राख्न, समस्याको पहिचान र समाधानका लागि नेतृत्व गर्न बिर्तामोड वाणिज्य संघमा आफ्नो उपस्थिति अनिवार्य रहेको उनको धारणा छ । अहिलेको सबैभन्दा बलियो सरकार भनेको स्थानीय सरकार हो । 

स्थानीय सरकारसँग झगडा गरेर होइन, समन्वय र सहकार्य गरेर धेरै काम गर्न सकिने बुझाई छ । व्यवसायीको परिमार्कालाई नजिकबाट नियालेका व्यवसायीहरुको नेतृत्वमा स्वतन्त्र व्यवसायिक प्यानल बनेको छ, उनले भने – विशुद्ध व्यवसायीहरुको प्यानललाई आम व्यवसायीहरुले काम गर्ने अवसर प्रदान गर्नुहुने छ भन्ने पूर्ण विश्वास छ । फेरि पनि विगतको जस्तै भूल भयो भने आगामी तीन वर्ष व्यापारीले पुपूरोमा हात राखेर गुनासै गुनासो गरेर विताउनुपर्नेछ निश्चित छ ।