बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि आर्थिक मन्दीबाट थलिएको व्यवसायीक क्षेत्रमाथि  लगाइएको अनावश्यक  कर छुट गर्नु पर्ने र त्यो सहित व्यवसायीका समस्याका बिषयमा उचित सम्बोधनका साथ काम गर्ने उदेश्यीयसहित निशा शाह गुप्ताले महिला सदस्य पदमा उम्मेद्वारी दिएको बताएकी छन् । 

राज्यको सबै मापदण्ड पुरा गरेर व्यवसाय गरिरहेका व्यवसायीमाथि स्थानीय सरकारसहित सम्बन्धीत कार्यालयले अनावश्यक रुपमा कर लिने गरेकोप्रति उनको आपत्ती छ । राज्यले भने अनुसार सबै प्रक्रिया पुरा गरेर व्यवसाय सञ्चालन गरिरहे पनि सुरक्षा, प्रोत्साहन तथा हौसला प्रदान गरिनु पर्ने ठाउँमा राज्यले उपेक्षा गर्दा धेरै व्यवसायी ब्यापारबाट पलायन हुने अवस्था सिर्जना भएको उनी बताउँछिन्। 

आर्थिक मेरुदण्डको रुपमा रहेका व्यवसायीलाई सरकारले सुविधा दिन सक्नु पर्ने उनको भनाई छ । राज्यले आर्थिक संकटका कारण समस्यामा परेका व्यवसायीलाई पलायनहुन बाट रोक्नुपर्ने गुप्ताको भनाईछ । ‘व्यवसायी पलायन भए त्यसमा आबद्ध लाखौं कामदारहरु बेरोजगार हुने हुँदा राज्यले पलायनको स्थित आउन नदिन व्यापारीलाई संरक्षण गर्नुपर्छ’ गुप्ताले भनिन्  ‘व्यवसाय गर्ने बताबरण सृजना गर्न र संघको प्रतिनिधित्व गरी  राज्यका निकायसँग समन्वय गर्दै व्यवसायीको हितमा अगाडि बढ्ने उदेश्यसहित सदस्य पदका लागि म निर्वाचनमा होमिएी हुँ ।’

उत्कृष्ट र सबल नेतृत्व खोजी भइरहेको संघको निर्वाचनमा सदस्य पदमा आफुलाई मतदाताले छनोट गर्नेमा उनी ढुक्क छिन् । व्यवसायीको साझा छाता संस्था वाणिज्य संघलाई सबैको अपनत्व हुने संस्थाको रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाई छ । लोकतान्त्रिक व्यवसायिक प्यानलबाट उम्मेदवार बनेकी गुप्ताले  संघबाट राजनीति भन्दा पर बसेर विशुद्ध व्यवसायीक क्षेत्रमा काम गरिनु पर्ने बताइन् ।  संघमा उम्मेदवार बनेका १९ जना पदाधिकारी सबैले एउटा एउटा मात्र एजेण्डा लिएर संघको प्रतिनिधत्व गरे धेरै सुधार हुने तर्क राख्छीन् ।   

गुप्ता बिगत १५ बर्षदेखि व्यवसायीक क्षेत्रमा आबद्ध छिन् । हाल उनी बिर्तामोड स्थित निशा एडभान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोस्टिक क्लिनिकको सञ्चालक हुन् । २०४१ साल असार १० गते बुबा भरत शाह र आमा देबमुनी देबी शाहको कान्छी छोरीको रुपमा जनकपुरमा जन्मिएकी निशाको परिवार सबै व्यवसायी हुन् । उनी सानैदेखि आफ्नो बुबाको व्यवसायमा सहयोगीको रुपमा काम गर्थिन । जसका कारण उनले व्यवसाय के हो, कसरी गरीन्छ भन्ने बिबाह अघि नै बुझ्ने मौका पाइन् । उनले लामो समयसम्म बुबा तथा दाइलाई व्यवसायमा सहयोग गर्दै गइन् । जसका कारण आज पनि उनी व्यसायलाई निरन्तरता दिदै आएकी छिन् । 

उनले एमबिएससम्मको शिक्षा हासील गरेकी छन् । उनीसँग मेडिकल क्षेत्रमा लामो समयसम्म गरेको अनुभव समेत छ । करीब १५ बर्ष अघि डा. संजय कुमार गुप्तासँग बिबाह बन्धनमा बाँधिएपछि उनी पूर्व आइन् । त्यस पश्चात उनले आफ्नो श्रीमानसँगै मेडिकल क्षेत्रमा काम गरिन् । हाल उनले बिर्तामोडस्थित निशा एडभान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालन गरिरहेकी छन् । 

गुप्ताका श्रीमान डा. संजयकुमार गुप्ता बरिष्ठ अनुभवी रोडियो लोजिष्ट हुन् । उनले निशालाई व्यवसायीक क्षेत्रमा अगाडि बढ्न साथ, सहयोगसँगै हौसला प्रदान गरे । जसका कारण पनि गुप्ता हाल वाणिज्य संघको चुनावमा उम्मेदवार बनेकी हुन् । 

सहयोगी, मिलनसार र हँसिलो  स्वभाव भएकी निशा  व्यवसायीहरुमाझ लोकप्रिय छिन् । उनी सामाजिक कार्यमा पनि उत्तीकै क्रियाशिल छिन् । उनी श्री छठ महिला मञ्चको बरिष्ठ उपाध्यक्ष तथा नेपाल कलवार सेवा समिति झापाको सदस्य समेत हुन् । साथै अन्य बिभिन्न संघ संस्थामा पनि उनी आबद्ध छिन् । 

बिर्तामोडको व्यवसायीक क्षेत्रलाई लामो समयदेखि बुझेका  उम्मेद्वार लोकतान्त्रिक ब्यवसायिक प्यानलमा भएकाले राजु न्यौपानेको  नेतृत्वमा रहेको सबै उम्मेदवारलाई  बिजयी गराउन ब्यवसायी मतदातामा अपिलसमेत उनले गरेकी छन् ।