झापा ।  

झापाको दमकबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । दमक–६ दमक पश्चिम जेशिस चोकबाट पशुहाट बजारतर्फ पैदल जाँदै गरेको गौरीगञ्ज–३ रिमाल टोल का १९ बर्षिय गगन रिसिदेवलाई बिशेष सुचनाको आधारमा बिहीवार (आज) पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनले बोकेको कालो झोलासहित निजलाई नियन्त्रणमा लिएको हो । 

उनलाई सोही स्थानमा खानतलासी गर्दा उक्त कालो झोला भित्र सेतो प्लाष्टिकमा सिल गरेको अवस्थामा ब्राउन सुगर एक पोका फेला पारेको थियो ।

उनलाई प्लाष्टिक बाहेक १०२ ग्राम लागूऔषध बरामद गरी प्रारम्भिक सोधपुछको क्रममा उक्त लागु औषध सोही स्थान बस्ने २७ बर्षिय रविन पासवानको समेत संलग्न रहेको खुलेसँगै बसपार्कतर्फ रहेको भन्ने खुलाई दिएकोले उनलाई खोजतलास गर्ने क्रममा दमक–६ थाना लाइनमा रहेको चिया पसलमा बसिरहेको अबस्थामा फेला पारी उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।