बिराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

लेनदेन विगो मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०८०/०९/१३ गतेको फैसला आदेशाले १ बर्ष कैद सजाय भई फरार रहेका बिराटनगर–६ का ४६ बर्षीय शंकर सहनीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई  जिल्ला आदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।