बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा महासचिव पदमा उम्मेद्वारी दिएका कृष्ण पौडेलले संघलाई सवैको साझा छाता संगठन बनाउने बताएका छन् । 

स्वतन्त्र व्यवसायिक प्यालनबाट महासचिव पदको उम्मेद्वारी दिएका पौडेलले ब्यवसायीको हितको लागि ब्यवसायीक कल्याणकारी कोष स्थापना गर्ने, प्राकृतिक प्रकोप नियन्त्रणका लागि सरोकारवालासँग सहकार्य र समन्वय गर्ने, सहकारी र ब्यवसायी बिच नङ र मासुको सम्बन्ध कायम गर्ने, भावी पुस्तालाई सबल, संक्षम र ब्यवसायीको हित गर्ने परिपाटीको विकास गर्दै युवालाई संघमा आवद्ध गराउने बताएका हुन् । 

उनले ब्यवसायकि बस्तुगत संघ÷संस्थाहरुसँग छलफल, अन्तरक्रिया तथा सहकार्य गर्दै संघलाई सवै ब्यवसायीको अपनत्व हुने गरी अघि वढाउने बताएका छन् । 

संघको बर्तमान बाणिज्य सचिवसमेत रहेका पौडेलले ब्यवसायीहरुमा हुने प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई नियन्त्रण गर्न बजार क्षेत्रमा रहेका ब्यवसायकि महल (कम्प्लेक्स) अगाडी पानीको धारा जडान गरिने बताएका छन् । उनले आगलागी बाढीपैरो जस्ता प्राकृतिक प्रकोप जस्ता समस्या पहिचान गरी नियन्त्रण गर्नका लागि स्थानीय ब्यवसायी, प्रहरी, पालिकाको प्रतिनिधि, संघको प्रतिनिधिसहित सरोकारवाला निकायसँगको संलग्नतामा समिति निर्माण गरेर तत्काल क्षति हुनबाट बचाउने भिजन अघि सारेका छन् । 

त्यस्तै सहकारी र ब्यवसायीबिच छलफल तथा अन्तरक्रियाका माध्यमबाट उत्पन्न समस्या समाधान गरेर नङ र मासुको सम्बन्ध कायम गर्ने बताए । आर्थिक मन्दीका कारण ब्यवसायीहरु समस्यामा परेको बताउँदै उनले सहकारीसँग समन्वय गरी अगाडी बढ्ने तथा ब्यवसायीको हितको लागि स्थापना गरिएको ब्यवसायीक कल्याणकारी कोषबाट समस्यामा परेका ब्यापारीहरुलाई सहयोग गर्ने बताएका छन् । 

सामाजिक तथा धार्मिक, कुसल मेडिकल ब्यवसायीका रुपमा परिचित ब्यक्तित्वका रुपमा रहेका पौडेलले संघको निर्वाचनमा महासचिव पदमा उम्मेद्वारी दिएका छन् । पौडेलले २०५० सालदेखि मेडिकल व्यवसायीका रुपमा आफ्नो ब्यवसाय यात्रा शुरु गरेका थिए । 

२०३३ पुस २ गते मोरङको कानेपोखरी गाउँपालिका–३ (तत्कालिन वयरबन गाविस–२) मा बुबा बिष्णुबहादुर र आमा पूर्णमाया पौडेलका कोखबाट जन्म लिएका पौडेलले २०४८ सालमा भद्रपुर माध्यमिक बिद्यालयबाट एसएलसी दिएका थिए । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनसँगै २०५० सालमा भद्रपुरमा शिवशक्ति मेडिकल सञ्चालन गरेर ब्यवसाय यात्रा शुरु गरेका उनले २०५२ सालमा बिर्तामोडको प्रसाई मार्केटमा कबिर फार्मेसी नामक खुद्रा औषधी पसल शुरु गरेका थिए । 

मेडिकल ब्यवसायलाई निरन्तरता दिने क्रममा पौडेलले २०६५ सालबाट श्री अन्तु फर्मा सेल्स थोक पसल पनि सञ्चालन गर्दै आएका छन् । २०६४ सालमा बिर्तामोडमा धौलागिरी पारिजात बहुउद्देश्यीय संस्थाबाट सहकारीमा पनि यात्रा शुरु गरेका पौडेल उक्त संस्थाका संस्थापक अध्यक्ष पनि हुन् । ३२ जनाबाट शुरु भएको धौलागिरी सहकारीमा १६ बर्ष अध्यक्ष रहेर काम गरिसकेका उनी हाल उक्त सहकारीको कार्यकारी प्रमुखका रुपमा कार्यरत रहेका छन् । हाल उनले नेतृत्व गरेको उक्त सहकारीमा १३ हजार वढी सदस्य रहेका छन् । 

पौडेल ब्यवसायी मात्र नभएर सामाजिक ब्यक्तित्व पनि हुन् । उनी बिभिन्न सामाजिक संघसंस्थामा पनि उतिकै सक्रिय छन् । उनी तारा नमस्ते बालग्रामको संस्थापक सदस्य, लायन्स क्लव अफ अनारमनीको संस्थापक अध्यक्ष, जिल्ला सहकारी संघका सञ्चालक, बिर्तामोडमा निर्माणधिन नागरिक स्वास्थ्य सहकारी अस्पतालका परिकल्पनाकार तथा प्रवन्ध निर्देशक, संघमा बलराम कार्की अध्यक्ष रहेको समय सदस्यसहित दर्जनौ अन्य सामाजिक तथा धार्मिक संघसंस्थामा रहेर नेतृत्वदायि भुमिका निर्वाह गरिसकेका एक चिरपरिचित ब्यवसायी हुन् । 

संघलाई ब्यापारीको छाता संगठनका स्थापीत गर्न नयाँ भिजनका साथ महासचिव पदमा उम्मेद्वारी दिएको सञ्चारकर्मीसँग पौडेलले बताएका छन् । उनले ब्यवसायिको हितमा काम गर्ने सक्ने उम्मेद्वार स्वतन्त्र ब्यवसायिक प्यानलमा भएकाले आफुसहित सम्पूर्ण उम्मेद्वारलाई मतदान गरी बिजयी गराउनसमेत सवै ब्यवसायीलाई आग्रह गरेका छन् ।