झापा ।
इकोनोमिक मिडिया एशोसिएशन नेपाल ९इमान० ले आफ्नो प्रदेश समिति विस्तार गरेको छ । सञ्जीव वाग्लेको अध्यक्षतामा कोशी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटी गठन गरेको हो ।
सोमबार भएको कोशी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको हो । समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिव (महासचिव) मा सुरेन्द्र भण्डारी, सचिवमा कौशल निरौला, कोषाध्यक्षमा हिमाल दाहाल, सहकोषाध्यक्षमा दीपक कटुवाल चयन भएका छन् ।
त्यसैगरी भेलाले सदस्यमा दमन राई, भीम चापागाँई, मदन गौतम, गणेश साम्पाङ, होमबहादुर बस्नेत र योगेशबाबु काफ्लेलाई चयन गरेको छ । भेलामा इमानका केन्द्रीय अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, सचिव प्रकाश अर्यालको उपस्थिति थियो ।
चाँडै नै सबै प्रदेशमा इमानको प्रदेश कमिटी विस्तार गर्ने बताइएको छ ।