झापा । 

झापाबाट लागू औषध मुद्दामा फैसला भएर फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १० का  ३१ बर्षिय गोरु भन्ने नेसरु मिया रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको र इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो । 

प्रतिवादी मिया झापा जिल्ला अदालतको मिति २०८०/०६/२१ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा ६ महिना कैद फैसला भएको थियो । पक्राउ गरिएका प्रतिवादी मियालाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।