झापा । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित सम्झना चौकमा भएको सवारी दुर्घटनामा घाइते चार मध्ये एक जनाको मृत्यु भएको छ । आइतवार साँझ ६ः५० बजेको समयमा पूर्व–पश्चिम लोक मार्गमा झिलझिलेबाट ढुडामारीतर्फ जाँदै गरेको मे १ ह ५८०५ नं. को अटोले २ ओटा साईकललाई ठक्कर दिदा चार जना घाइते भएका थिए । 

साईकल पछाडी सवार ९ बर्षिया शितल श्रेष्ठको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

दुर्घटनामा साईकल चालक शिबसताक्षी–८ का ३१ बर्षिय दिलिप श्रेष्ठ, सोहि साईकल पछाडि सवार उनकै छोरी शितल श्रेष्ठ, अर्को साईकलमा सवार यात्री उनकै छोरी ११ बर्षिया गोमा श्रेष्ठ घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि बिर्तासिटी लगिएकोमा शितलको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै अटो चालक सोही स्थानका ५२ बर्षिय पुर्णबहादुर भट्टराईको टाउकोमा चोट लागेर सामान्य घाईते भएको र उपचारको लागि प्रहरी टोलीले आम्दा अस्पताल दमक लिएर गएको अवस्था सामान्य रहेको जनाइएको छ । 

दिलिपको टाउकोमा  चोट लागेको बोल्न सक्ने, अवस्था मध्यम, गोमाको दाहिने खुट्टामा चोट लागेको अवस्था सामन्य रहेको र उपचार भइरहेको छ । शितलको टाउकोमा गहिरो चोट अवस्था गम्भिर रहेको र उपचारकै क्रममा साँझ ८ बजेर ५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।