शिवसताक्षी । 

झापामा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन ४ गतेदेखि ११ गतेसम्म शिवसताक्षी नगरपालिका झिलझिलेमा फुटबल प्रतियोगिता हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । 

प्रतियोगितामा झापाका १५ वटै पालिकाकाको सहभागीता हुने जनाइएको छ । प्रतियोगिताको विजेता टिमले नगद ७० हजार र उपविजेता टिमले नगद ४० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । 

खेल व्यवस्थित र मर्यादित हुने साथै झापाका सबै पालिकाहरुका कर्मचारीहरुलाई खेलमा प्रोत्सहान गर्दै उनीहरुको स्वास्थ्य  र तनावरहित तवरले कार्य सम्पादन गर्न अपेक्षा गरिएको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले बताए । दिनमा तीन वटा खेल सञ्चालन हुनेछन् । 

गत वर्ष विर्तामोड नगरपालिकाले अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।