मोरङ ।

मोरङको रंगेली नगरपालिका–७ बाट हरिणको सिंङ र लागूऔषध गाँजासहित एक जना माहिला पक्राउ परेकि छिन् ।

बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली–७ निचामारी टोल बस्ने ५५ बर्षीया सागरदेवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा वरामद गरेको हो ।

अवैधरुपमा हरिणको सिंङ र गाँजा वरामद भएसँगै पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।