लक्ष्मीपुर । 

महाभारकालीन ऐतिहासिकका रुपमा परिचित झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पाण्डवपुरस्थित श्री बागेश्वरी दुर्गा भगवती मन्दिरमा आयोजित  महापुराणको उद्घाटन गरिएको छ । 

पाण्डवपुरलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजनासहित जीर्णद्वार मन्दिर पुनः निर्माणको उदेश्यसहित माघ १८ देखि २५ गतेसम्म आयोजित समावेशी श्रीमद भागवत महापुराण धार्मिक महामहोत्सवको उद्घाटन गरिएको हो । बिहीवार (आज) उद्घाटनअघि कलशयात्रा, मण्डपपूजा गरिएको थियो । 

मुल आयोजक समितिका संयोजक इन्द्रमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महापुराणको उद्घाटन कोशी प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतिथि चिन्तन पाठकल (त्रिलोचन) ले गरेका छन् । महापुराणको उद्घाटन गर्दै सांसद पाठकले जुनसुकै पार्टी, धर्म, समुदाय, वर्ग भएपनि देश र समुदाय विकासका लागि एकताबद्ध हुनुपर्ने बताए ।  उनले सवै एक भए मात्र धार्मिक तथा पर्यटकीय क्षेत्र पहिचान गर्न साथै अन्य क्षेत्रको पनि बिकासमा सहयोग पुग्ने बताएका छन् । 

स्वागत मन्दिर समितिका सदस्य चन्द्रबहादुर तामाङले गरेको उद्घाटन कार्यक्रममा अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का (हरि), नेपाली कांग्रेसकी कोशी प्रदेश सदस्य रन्जिता कार्की, दुर्गा पञ्चायातन मन्दिर बिहीवारेका अध्यक्ष छबिलाल लम्साललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

puran 18

मन्दिरको प्रगति बिवरण अध्यक्ष पौडेलले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन मन्दिर समिति सचिव देबराज बुढाथोकीले गरेका थिए । मुल आयोजक समिति एक सय ५१ जना सदस्य रहेको र धार्मिक महामहोत्सव सम्पन्न गर्नका  बिभिन्न उपसमितिहरु निर्माण गरिएको सचिव बुढाथोकीले बताएका छन् ।  

महापुराणमा प्रमुख बाचकका रुपमा युवा पण्डित कमलनयन निरौला, युवा ब्यासचार्य पण्डित किरणमणि दाहाल रहने छन् भने राष्ट्रिय भजन गायक कृष्ण भण्डारीको समुहबाट संगीतमय भजनकिर्तन प्रस्तुत हुने मुल आयोजक समितिका संयोजक पौडेलले जानकारी दिए । 

आजबाट शुरु भएको महापुराण अवधिभर श्रीमद भागवत कथा चर्चा, सन्ध्या आरती, संगीतमय भजनकिर्तन, ज्ञानमञ्च, झाँकी प्रदर्शनलगायतका कार्यक्रमहरु हुने अध्यक्ष पौडेलले बताएका छन् ।  २ लाख ५० हजार खर्च अनुमान गरेको आयोजक समितिले करिव ३५ लाख रुपैयाँ संकलन हुने अपेक्षा लिएको छ । 

उद्घाटन कार्यक्रममा अर्जुनधारा–४ का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, काँकरभिट्टा खानेपानीका बरिष्ठ उपाध्यक्ष गोबिन्द गिरी, विश्व हिन्दू महासंघका सदस्य गणेश कार्की, तामाङ घेदुङ अर्जुनधारा नगर अध्यक्ष दिपराज तामाङ, भानु माविका निवर्तमान अध्यक्ष युवराज खड्का, मन्दिरका लेखा समिति संयोजक झलक चौहानलगायतको बाक्लो उपस्थिति रहेको थियो ।