भद्रपुर । 

झापाको भद्रपुरमा रहेको साना किसान सहकारी फेरि चोरी भएको छ । भद्रपुर नगरपालिका–१ सोमबारेस्थित साना किसान सहकारी संस्थामा  गए राति चोरी भएको हो ।

कार्यालयको झ्यालको पल्ला र ग्रिल फोडेर चोर भित्र प्रवेश गरी लकर समेत फोडेर लकर भित्री रहेको नगद ३ लाख २ हजार ९७६ रुपैयाँ र सिसी क्यामेराको हार्ड डिस्क चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 घटना भएपछि  इलाका प्रहरी कार्यालय पृथ्वीनगर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेका थिए । घटनाको बारेमा प्रहरी थप अनुसन्धान गरिरहेको जनाइएको छ । हिजो मैगलबार राती जलथलको साना किसान सहकारीमा पनि चोरी भएको थियो ।