झापा । 

बैदेशिक रोजगारका लागि प्रतिष्ठित कम्पनीमा सुरक्षागार्डको काम लगाइदिने साथै आकर्षण तलबको प्रलोभनमा पारेर पटक–पटक रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने बहानामा ठगी गरेको उजुरीका आधारमा प्रहरीले काठमाडौं महाराजगञ्ज बस्ने पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो ।

मनिराम तिमल्सिनासमेतलाई वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्छ भनि २ लाख ७० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको अवस्थामा सिग्देललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 दरबारमार्गबाट पक्राउ परेका सिग्देललाई वैदेशिक रोजगार ऐनअनुसार अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।