झापा । 

कतारमा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाज कतारले नेपालका चर्चीत तथा झापाका गहना गायक तथा संगीतकार प्रमोद खरेललाई सम्मान गरेको छ । कतार भ्रमणमा रहेका गायक खरेललाई दोहा कतारस्थित लालीगुराँस रेस्टुरेन्ट आयोजित एक कार्यक्रमका बिच शनिवार सम्मान गरिएको हो । उनलाई समाजले सम्मान स्वरुप खदा माला साथै सम्मान पत्रसहित मायाको चिनो हस्तान्तरण गरेको थियो ।  

झापाली समाजले नेपाल भरिनै विभिन्न किसिमका बिपत्ति साथै  दुःख कष्टमा परेकालाई सहयोग गर्दै आएको छ । त्यस्तै दुःखमा परेकालाई सकेको सहयोगमार्फत मलमपटि गर्दै सामाजिक कामहरु गर्दै आएको छ । समाजले झापाका छोरा नेपालका प्रख्यात गायक तथा कलाकार भएका र प्रदेशमा रहेरपनि देशप्रति माया स्नेह सदाबार रहि आएको  साथै देशका गहनाहरु मध्यका मुख्य पात्र कलाकार भएकोले उनलाई सम्मान गरिएको समाजले जनाएको छ ।

 त्यसैगरी उनलाई सम्मान गर्दा देशप्रति माया सद्भाव अमर रहने र कलाकारहरु देशका गहना भएकाले उनीहरुको कलाकारितालाई हौसला र प्रेरणाको बिकास हुने परिकल्पना गर्दै झापाली सामाज कतारले खरेललाई सम्मान पत्र हस्तान्तरण गरेको छ ।

समाजका अध्यक्ष केशव  कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गायक खरेलकै प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा समाजका  संरक्षक  चुडामणि कार्की,  प्रमुख सल्लाहकार भवानी कोइराला लगायतको आतिथ्य रहेको थियो । समाजका उपाध्यक्ष चानीलाल राजवंशीले  स्वागत  गरेको कार्यक्रममा प्रमुख अतिथि गायक खरेल, संरक्षक कार्कीले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रम सञ्चालन सस्थाका महासचिव  बिजय मगरगरेको समाजका सदस्य बिमल भारतीले जानकारी गराएका थिए । उक्त कार्यक्रममा प्रवाशमा रहेर पनि आफ्नै देशमा रहेको अनुभव भएको महसुस भएको थियो ।  कार्यक्रममा १२० भन्दा बढी झापलीहरुको उपस्थित रहेको  थियो ।  सो कार्यक्रममा आगामी दिनमा संस्थाका लागि कलाकारिता साथै आफ्नो तर्फबाट हुन सक्ने विभिन्न तहमा गायक प्रमोदको सहकार्य रहने प्रतिबद्धता समेत प्राप्त   भएको भारतीले बताए ।