सुरुङ्गा ।  

विश्वभरनै अन्तराष्ट्रिय झापाली समाजको शाखाहरु खोल्ने क्रमलाई तीव्रता दिइएको छ । सोही क्रममा हालै झापाको बिर्तामोडमा भएको समाजको चौथो महाधिवेशनबाट मुकुन्द ढुङ्गानाको अध्यक्षतामा बनेको नयाँ समितिले विश्वभर छरिएर रहेका झापालीहरुलाई सोही देशमा पुगेर संगठित गर्न शुरु गरिएको छ ।  

मकाउमा समेत धमेन्द्र सिटौलाको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ । जसमा सह–संयोजकमा  मकर राई, सचिवमा बुद्धप्रसाद गिरी, सह–सचिवमा बिजय प्रसाई र कोषाध्यक्षमा देउमान तामाङ रहेका छन् ।  

अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाको प्रमुख आतिथ्य तथा समाजका निर्वतमान अध्यक्ष छत्र सुब्बा हङकङको रोहबरमा समिति गठन भएको हो ।  समिति गठन भएपछि भौगोलिक रुपमा विश्वमा सानो मुलुक रहेको भएपनि मकाउमा रहेका झापाली मनहरुलाई विभिन्न समस्या र खुसीका वेलामा दुःख सुखमा दुःखसुख साटासाट गर्ने थलोका रुपमा समेत अन्तराष्ट्रिय झापाली समाज बन्नेमा विश्वस्त रहेको  सहभागिहरुको भनाई रहेको छ । 

 मकाउमा बनेको यस समाजले  झापालीहरु मिली झापा र झापालीहरुका हरेक समस्याहरुमा जात धर्म र पार्टी भन्दा माथि उठेर समाजका समस्यामा सहयोग गर्ने अध्यक्ष सिटौलाले प्रतिवद्धता जनाएका छन्  । तदर्थ समितिले ३ महिना भित्रमा नयाँ समिति बनाउने समेत जनाएको छ । समाजले मकाउमा रहनुहुने सबै झापालीहरुलाई परोपकारी संस्थामा  गोलवद्ध हुन समेत आग्रह गरेको छ ।   

अन्तराष्ट्रिय झापाली समाजको कार्यक्रममा झापा निवासी  गैह्र  आवाशीय नेपाली समाज  मकाउका अध्यक्ष  भीमसेन श्रेष्ठ (रुस्तम)  लगायातका आतिथ्यता रहेको थियो । अन्तराष्ट्रिय झापाली समाजले विश्वका अन्य मुलुकहरुमा समेत आफ्नो समाजको गतिविधिलाई तीव्रता पार्ने र नयाँ समिति शाखा खुल्ने र अधिवेशन लगायातका  कार्यक्रमहरुलाई निरन्तरता दिएको अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले बताए ।