झापा । 

वैदेशिक रोजगार विभागले नेपाली श्रमिक जापान पठाउन सूचीकृत संस्थाहरुलाई नविकरणका लागि आग्रह गरेको छ । जापान इन्टरनेशनल ट्रेनिङको अपरेशन अर्गनाइजेसन (जीट्को) अन्तर्गत नेपाली श्रमिक जापान पठाउन सूचीकृत लिएर सञ्चालित संस्थाहरुलाई आवश्यक कागजातसहित सुचिकृतका लागि आव्हान गरेको हो ।

विभागले आइतवार एक सूचना जारी गर्दै सन् ३१ जनवरी २०२४ सम्म नविकरणको समय रहेकाले जनवरी भित्र नविकरण गर्न आग्रह गरेको छ । 

वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४ एवं नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका २०६६ वमोजिम बमोजिमको नविकरण दस्तुर र आवश्यक कागजातहरु संलग्न गरी ३१ जनवरी २०२५ सम्मको नवीकरण गर्न निवेदन आव्हान गरेको जनाएको छ । 

नविकरणका लागि संस्थाको निवेदन, नविकरण दस्तुर रु.१० हजार  बुझाएको सक्कलै रसिद, अघिल्लो नवीकरण मिति खुलेको सूचिकृत प्रमाणपत्रको प्रतिलिपी, जिट्को मार्फत आर्थिक बर्ष ०७९/०८० मा पठाएका कामदारको संख्या, कर चुक्ता प्रमाण पत्रको कम्पनी अध्यावधिक पत्र, इजाजत प्राप्त संस्थाको दर्ता प्रमाणपत्र आवश्यक रहने बिभागको वेव साइटमा जारी सूचनामा उल्लेख छ ।